काठमाडौं, २९ माघ । नायिका प्रियंका कार्कीले आफू र श्रीमान आयुष्मानबीच सुमधुर सम्बन्ध रहेको बताएकी छिन् । उनले आफू र श्रीमानबीच सम्बन्धको जग नै बलियो रहेको दाबी गरिन् । उनले आफूलाई पति आयुष्मानले कहिल्यैपनि धोका नदिने विश्वास दिलाईन् । नायिका कार्कीले आफू अर्को सन्तान जन्माउने योजनामा रहेको पनि खुलासा गरिन् ।
उनले भनिन्–‘दुई वटा बच्चा पाउने मेरो रहर हो, छोरा वा छोरी जे भएपनि हुन्छ, यही हुनुपर्छ भन्ने कुनै चाहना छैन् ।’ प्राइम टिभीको चर्चित कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले कामको सिलसिलामा आफूहरु कहिलेकाहीँ सँगै हुन नसकेपनि एक–अर्काप्रतिको विश्वास र सम्मानमा कुनै कमी नभएको स्पष्ट पारिन् ।