काठमाडौं, २९ माघ । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयप्रति सरकारमै रहेको राप्रपाले असन्तृष्टि जनाएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि(फागुन १) जनयुद्ध दिवसको अवसर पार्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो तर आजको मन्त्रिपरिषद् बैठकमा राप्रपाबाट सरकारमा रहेका कुनैपनि मन्त्री बैठकमा सहभागी नभएको राप्रपाका एक नेताले बताए।
ती नेताका अनुसार अचानक मन्त्रिपरिषद् बैठक बोलाइएको र जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाबारे छलफल हुने थाहा पाएपछि राप्रपाका कुनैपनि मन्त्री बैठकमा सहभागी नभएको बताएका छन्।