काठमाडौं, फागुन १ । नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आज २८ औँ जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत पार्टी पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागिता रहेको छ।
कार्यक्रममा पार्टी अध्यक्ष दाहालले शहीदको तस्बिरमा फूलमाला अर्पण गर्दै सम्मान प्रकट गरेका थिए । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले सुरु गरेको दिनको अवसरमा सरकारले आज पहिलो पटक सार्वजानिक बिदा दिएको छ।
तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल