काठमाडौं, १ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पनि जनयुद्ध दिवसमा सरकारले दिएको सार्वजनिक विदामाथि प्रश्न उठाएका छन् । उनले २०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलव्धि भनेको नै गणतन्त्रको स्थापना भएको उल्लेख गरेका छन् । उनले गणतन्त्र दिवसले ती सबैको यथोचित सम्मान भएको थिएन र ? भन्दै प्रश्न गरेका छन् । एमाले सचिव योगेश भट्टराईले पनि जनयुद्ध दिवसमा विदा दिईएकोबारे विरोध जनाएका थिए ।
उता, युवा नेता गोकुल बाँस्कोटाले पनि प्रचण्डले पूर्व देखाएर पश्चिम हानेको भन्दै व्यंग्य गरेका छन् । उनले लेखेका छन्–‘अस्तिसम्म विदा बढी भो भन्थे-प्रम पुष्पकमल दहाल किन रैछ भनेको त पुर्व देखाएर पश्चिम हान्न रैछ।तैं चुप मैं चुप।मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले।’