Logo

प्रभु साह २८औं जनयुद्ध दिवस मनाउन पर्सामा, जिल्ला भेलापनि सम्पन्न



काठमाडौं, १ फागुन । आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साह जनयुद्ध दिवस मनाउन पर्सा पुगेका छन् । सो क्रममा उनले पार्टीको जिल्ला भेलापनि सम्पन्न गराएका छन् । साहले मुलुकमा जनयुद्धको जगमा जागृत जनचेतनालाई थप इमानदीरताका साथ अघि बढाउनुपर्ने ऐतिहासिक आवश्यकत्ता पनि औंल्याएका थिए ।

उनले जनयुद्ध दिवस मनाएको र पार्टीको जिल्ला भेला सम्पन्न गराएको जानकारी गराउँदै फेशबुकमा लेखेका छन्–

१ फाल्गुन २०७९, जनयुद्ध दिवस – विरगंज, पर्सा ।
२८औं महान जनयुद्ध दिवसको विशेष अवसरमा आयोजित आम जनता पार्टीको प्रथम ऐतिहासिक पर्सा जिल्ला भेला भव्य रुपमा सु-सम्पन्न भएको छ । उक्त कार्यक्रम मार्फत देश र जनताको निम्ति आफ्नो अमुल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात महान विर शहीदहरुप्रति स-सम्मान भावपूर्ण श्रद्धाञ्जली, बेपता जनहरुको शिघ्र खोजीको माग तथा अंगभंग, अपाङ्ग एवं घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरियो ।
साथसाथै, मुलुकमा जनयुद्धको जगमा जागृत जनचेतनालाई थप ईमानदारीता एवं मजबूतीका साथ संरक्षण एवं प्रबर्द्धन गर्दै देशमा वास्तविक लोकतन्त्रको प्राप्ति तथा देशको शासन सत्तामा आम जनताको नेतृत्वदायी पहुँच एवं सहभागिता स्थापित गराउनु पर्ने मुख्य कार्यभारतर्फ सबै पक्षको समयमैं यथोचित ध्यान पुग्नसकोस् भन्ने शुभेच्छा सहित स्वदेश तथा विदेशमा रहनुहुने तपाई सम्पूर्ण आदरणीय महानुभावहरुमा एकमुष्ट २८औं जनयुद्ध दिवसको सार्थक शुभकामना समेत व्यक्त गर्दछु ।


प्रतिक्रिया दिनुहोस्