Logo

भारतीय विदेश सचिव क्वात्राद्धारा पशुपतिनाथ मन्दिरको दर्शन



काठमाडौं, १ फागुन । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । आज साँझ पशुपति पुगेर उनले दर्शन गरेका छन् । सो क्रममा उनले अतिथि पुस्तिकामा आफ्नो नोटसमेत लेखेका थिए ।

क्वात्रा आजमात्रै नेपाल आएका हुन् । नेपाल बसाईएको क्रममा उनले महत्वपूर्ण भेटवार्ता गरिरहेका छन् । उनले अहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्