Logo

भारतीय विदेश सचिव क्वात्रा शितलनिवासमा, राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता



काठमाडौं, १ फागुन । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न क्वात्रा शितलनिवास पुगेका हुन् । यसअघि उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

आज साँझ पशुपति पुगेर उनले दर्शन गरेका छन् । सो क्रममा उनले अतिथि पुस्तिकामा आफ्नो नोटसमेत लेखेका थिए । क्वात्रा आजमात्रै नेपाल आएका हुन् । नेपाल बसाईएको क्रममा उनले महत्वपूर्ण भेटवार्ता गरिरहेका छन् । उनले अहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्