Logo

अमेरिकाले नेपालमा पार्टी खोलेरै चलखेल गरिरहेको छः चित्रबहादुर केसी



काठमाडौं, २ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले राष्ट्रपति कुनै दल वा शक्तिको खेलौना बन्न नहुने औंल्याएका छन् ।
‘दलहरुको अहिलेको दौडधुप कम्फरटेबल राष्ट्रपतिका लागि हो । तर राष्ट्रपति संविधानको पालक र रक्षक हो । ऊ कुनै दल वा शक्तिको खेलौना हुनुहुन्न । कसैका निम्ति गलत काम गरिदिने, कसैका पक्षमा ढलमल गर्नेले जागिर खालान्, सेवा सुविधा लेलान् । तर इतिहास रच्न सक्दैनन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले भने । उनले अहिले नै को राष्ट्रपति बन्छ भन्न नसकिने पनि बताए ।
शक्तिराष्ट्रहरुको चलखेलका कारण नेपाल युक्रेन बन्ने खतरा बढिरहेको केसीको दाबी छ । उनले भने, ‘भारतीय चलखेल त बढेकै छ । चाइनासँगको प्रतिस्पर्धाका कारण अमेरिका डाइरेक्ट प्रवेश गरेको छ । पार्टी खोलेरै चलखेल गरिरहेको छ । सबैले रवि लामिछानेलाई गाली गर्छन्, उसलाई कसले खेलाएको छ ? शक्तिराष्ट्रको दब्बु भएपछि देशको स्वाभिमान बच्छ ? खड्ग्रप्रसाद ओलीले दुईतिरको नागरिकता र राहदानी भएको व्यक्तिलाई गृहमन्त्री बनाए, अझै पनि बनाइरहन चाहेका छन् । यो नांगो नाच हो । नेपालको भविष्य अत्यन्त अप्ठ्यारो छ । कतै युक्रेन त बन्ने होइन ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot