Logo

बागमती प्रदेशमा आजदेखि ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण



काठमाडौं, फागुन २ । बागमती प्रदेशमा ७० अंक ल्याए ट्रायल उत्तीर्ण हुने व्यवस्था आजबाट लागू भएको छ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था आजबाट कार्यान्वयनमा ल्याएको हो। यसअघि ‘सोमबारबाट नयाँ व्यवस्था लागू गर्ने तयारी भएपनि सार्वजनिक बिदा भएका कारणले आजबाट यो व्यवस्था लागू भएको हो।

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको थिएन। विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो।

प्रदेश नं १, मधेश प्रदेश र गणडकी प्रदेशमा यस्तो व्यवस्था केही समय अघि नै लागू भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्