Logo

नेपाल फर्किएलगत्तै खनाल पुगे



काठमाडौं, २ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल धनगढी पुगेका छन् । अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किएलगत्तै नेता खनाल आज धनगढी पुगेका हुन् ।

खनालले आज (मंगलबार) पार्टीको प्रदेशस्तरीय प्रशिक्षणमा सम्बोधन गर्नेछन् । हिजोमात्रै सो प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधव नेपाल सरिक भएका थिए । हिजोदेखि सुरु भएको प्रशिक्षण भोलि (बुधबार) समापन हुँदैछ ।

सो कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्य र ९ ओटै जिल्ला कमिटीका अध्यक्ष र सचिवलाई प्रशिक्षण दिईने नेता खनालको सचिवालयले जनाएको छ ।माधव नेपाल भने आज भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँगको भेटवार्ताको लागि हिजै काठमाडौं आएका थिए ।

आज उनीसँग भारतीय विदेशसचिव क्वात्राले भेटवार्ता गरिसकेका छन् । नेकपा (एकीकृत समाजवादी) ले कांग्रेस नेतृत्वको सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्