Logo

भुर्तेलको शतक



काठमाडौं, २ फागुन । नेपालका लागि ब्याट्सम्यान कुशल भुर्तेलले शतक प्रहार गरेका छन्। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियासँग खेलिरहेका भुर्तलले शतकीय पारि खेलेका हुन्।

उनी ९९ बलको सामना गर्दै १०० रन पूरा गरेर क्रिजमा रहेका छन्।

नेपालले ताजा अवस्थामा ४१.० ओभरमा ५ विकेट गुमाउँदै २२९ रन जोडदै खेलिरहेको छ।

टस हारेर ब्याटिङ् गरेको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot