Logo

बसपार्क क्षेत्रको आन्दोलनः नेपालको सुरक्षा प्रणालीलाई ठाडो चुुनौती



काठमाडौं, फागुन ३ । राजधानीको नयाँबसपार्क क्षेत्रमा सोमबार भएको प्रदर्शनले नेपालको सुरक्षा प्रणालीलाई ठाडो चुुनौती दिएको छ । सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको जस्तै आन्दोलन राजधानीका अन्य दश ठाउँमा भएको भए सुरक्षा अवस्था कस्तो हुने थियो यो आँकलन गर्न सक्ने अवस्था नरहेको विज्ञहरूले टिप्पणी गरेका छन् ।

ट्राफिक प्रहरीले ज्यादती गरेको निहुँमा यातायात मजदुरहरूले शुरू गरेको आन्दोलनमा भएको घुसपैठले उग्ररूप लिएपछि नयाँ बसपार्कस्थित लोत्से मलमा भएको लुटपाट मच्चिएको थियो । उक्त लुटपाटको घटनापछि प्रहरीको दक्षतामाथि प्रश्न उठेको छ ।

उपत्यकामा ट्राफिक प्रहरीले लागू गरेको चर्को जरिवाना र पार्किङमा गरिएको कडाइबारे यातायात मजदुर आन्दोलनरत थिए । यातायात मजदुरका अगुवाहरू १० बुँदे माग र आन्दोलनको ‘स्वरूप’ आफ्ना मजदुरलाई जानकारी गराउने क्रममा उक्त घटना भएको थियो ।

राजधानीमा भएको उक्त घटनाले नेपाली समाज कता जाँदै छ यसको विश्लेषण हुनुपर्ने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताए । ‘मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएपछि जनतामा छाएको चरम निरासा परिणाम हो सोमबारको घटना’ –पूर्व डीआईजी मल्लले भने ।

आन्दोलनका नाममा सहभागी भएकाहरूले हातमा नाङ्गो खुकुरी लिएर हिँडेका छन् भने लोत्से मलमा प्रवेश गरेर जसरी लुटपाट मच्चाए त्यसलाई प्रहरीले नियन्त्रण गर्न नसक्नुलाई पनि सरोकारवाला निकायका प्रमुखहरूले सोच्नुपर्ने बेला आएको डीआईजी मल्लको भनाई छ ।

अनियन्त्रित रूपमा मलभित्र प्रवेश गर्ने समूहको उद्देश्य तोडफोडभन्दा पनि लुटपाट मच्चाउने रहेको देखिन्छ । प्रहरीले दिनभरको आन्दोलनलाई हेरेर विश्लेषण गर्नुपर्ने थियो त्यो भएको पाइँदैन । घटना असामान्य बन्दै गएपछि प्रहरीको तैनाथीमा नै कमजोरी भएको सुरक्षा विज्ञहरूले बताएका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot