Logo

दुधको मूल्य १० रूपैयाँ बढ्यो



म्याग्दी, फागुन ३ । म्याग्दीमा भैंसीको शुद्ध दूध प्रतिलिटरमा १० रूपैयाँका दरले बढेको छ। कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत राख्दा किसानहरू मारमा परेको भन्दै सरोकारवाला निकायसँगको छलफलमा फागुन ३ गतेदेखि लागु हुने गरी उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर १० रूपैयाँ बढाउने निर्णय भएको हो।

बेनी नगरपालिकाका अगुवा कृषकको समूहले बेनी नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दी उद्योग वाणिज्य संघसहित किसान र बिक्रेता समेतको उपस्थितिमा निर्णय भएको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रका अध्यक्ष कमल पौडेलले बताए।

‘बजारका सम्पूर्ण वस्तुहरूको मूल्य पटक–पटक बढ्दा अहिलेकै मूल्यमा आफूहरूको लागत पनि नउठ्ने अवस्था भएकाले हामीले बाध्य भएर अनुरोध गरेका थियौं,। ‘यो मूल्यले किसानलाई केही राहत हुन्छ’अध्यक्ष पौडेलले भने।उनका अनुसार यसअगाडि प्रतिलिटर २० रूपैयाँ बढाउन ज्ञापनपत्र बुझाएकोमा सरोकारवाला निकायसँगको छलफलबाट किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउने गरी सरोकारवाला निकायसँग सहमति भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot