Logo

आज कहाँको मौसम कस्तो ?



काठमाडौं, फागुन ३ ।  हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकोले समान्यतः मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot