Logo

सर्वोच्च कायममुकायम प्रधानन्यायाधीशको भरमा कहिलेसम्म चल्छ ?



काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा कहिलेसम्म चल्ने भन्दै प्रश्न उठाएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकको सुरुमा समय लिएर बोल्दै उनले सर्वोच्चमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीशको विषयमा सरकार गम्भीर बन्न नसक्नु दुःखद भएको बताए । कायम मुकायमको भरमा एक वर्षदेखि सर्वाेच्च चल्दै आएको बताउँदै उनले यसले पार्ने मनोवैज्ञानिक र संस्थागत असरबारे सरकार गम्भीर हुन आवश्यक रहेको जनाए ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव किन संसद्ले टुंगोमा लगाएन भन्दै प्रश्न गर्र्दैैउनले निवर्तमान प्रधान्यायाधीश चोलेन्द्रशमशेरको महाभियोग प्रस्ताव चाँडै टुंग्याउनु पर्नेमा जोड दिए ।
नेता केसीले न्याय दिने र नेतृत्व गर्ने विषयमा सर्वोच्च अदालत कमजोर हुँदै गएको समेत टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot