Logo

ओलीलक्षित प्रदीप पौडेलको टिप्पणी : संसद् विघटनको भोक र सनक नमेटिएको पाईयो (भिडिओसहित)



काठमाडौं, ३ फागुन। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद प्रदीप पौडेलले देश अहिले समस्या नै समस्याको चाङले घेरिएको बताएका छन् । मुलुकमा व्याप्त समस्या समाधानको लागि संसद् असाध्यै प्रभावकारी हुन जरुरी रहेको पनि उनले उठाए ।

आजको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले संसद् बैठकमा सांसदहरुको उपस्थिति पनि कम देखिएकोमा चिन्ता व्यक्त गरे । उनले संसद्मा संसद विघटन भएकोबारे महिमा गान भएको पनि आफूहरुले सुनेको उल्लेख गरे ।

उनले भने,‘बास्तवमा संसद् विघटन कायरता थियो । त्यो कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको छ । तर, म चूनौति दिन चाहन्छु–अब कायरता दोहोरिन दिईने छैन् । संसद्कै रोष्ट्रमबाट सर्वोच्च अदालत मानिलिउँ, आफ्नो पार्टीको विभाग हो जस्तैगरि लल्कार्ने परिस्थिति देखिएको छ । त्यसले अदालतप्रतिको अनि कानूनप्रतिको निष्ठा कति झल्किन्छ ? सँगसँगै संसद् विघटनको भोक र सनक नमेटिएको पाईयो । यो संसद् पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ ।’



प्रतिक्रिया दिनुहोस्