Logo

ओलीमाथि खनिए प्रदीप पौडेल : प्रधानमन्त्री भन्दापनि माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ती प्रस्तुत गरिएको थियो, आज किन सुस्त छ ?



काठमाडौं, ३ फागुन। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद प्रदीप पौडेलले देश अहिले समस्या नै समस्याको चाङले घेरिएको बताएका छन् । मुलुकमा व्याप्त समस्या समाधानको लागि संसद् असाध्यै प्रभावकारी हुन जरुरी रहेको पनि उनले उठाए । आजको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले संसद् बैठकमा सांसदहरुको उपस्थिति पनि कम देखिएकोमा चिन्ता व्यक्त गरे ।

उनले संसद्मा संसद विघटन भएकोबारे महिमा गान भएको पनि आफूहरुले सुनेको उल्लेख गरे । उनले भने,‘बास्तवमा संसद् विघटन कायरता थियो । त्यो कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको छ । तर, म चूनौति दिन चाहन्छु–अब कायरता दोहोरिन दिईने छैन् । संसद्कै रोष्ट्रमबाट सर्वोच्च अदालत मानिलिउँ, आफ्नो पार्टीको विभाग हो जस्तैगरि लल्कार्ने परिस्थिति देखिएको छ । त्यसले अदालतप्रतिको अनि कानूनप्रतिको निष्ठा कति झल्किन्छ ? सँगसँगै संसद् विघटनको भोक र सनक नमेटिएको पाईयो । यो संसद् पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ ।’

उनले अहंकारले आजको परिस्थिति नसम्हालिने पनि बताए । उनले भने,”प्रधानमन्त्री भन्दापनि माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ती प्रस्तुत गरिएको थियो, आज किन सुस्त छ ? किन बालकोट र बालुवाटारको दौड एकदमै बढेको छ ? हामीलाई थाहा छ, यहाँ राष्ट्रपति चाहिएको होईन । यहाँ रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ । यहाँ आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकत्ता पर्यो भने सचिव पनि लुकाईदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा काँग्रेस उत्तिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेर मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं । संवैधानिक मर्यादाको रक्षा गर्नको निम्ति र देशको अभिभावक पद राष्ट्रपति हो भन्नको लागि र त्यस्तो व्यक्ति राष्ट्रपति बनाउन नेपाली कांग्रेस प्रतिबद्ध छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot