Logo

लघुवित्तहरुले ग्राहकबाट लिएको १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र फिर्ता दिने



काठमाडौं, ३ फागुन । लघुवित्तहरुले ग्राहकहरुबाट लिएको १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाललगायतको बैठकमा ग्राहकहरुबाट लिएको अतिरिक्त रकम १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको हो।

यस्तै बैठकमा लघुवित्तहरुले वार्षिक १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क नलिने सहमति पनि भएको छ।

एउटा ग्राहकले एउटाभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन मिलाउने पनि सहमति भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot