Logo

एमाले अध्यक्ष ओलीद्धारा चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना



काठमाडौं, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर गम्भीर घाइते भएर उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । साथै, उनले भण्डारीको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकार्षणपनि गराएका छन् ।

विस्फोटमा परेर नेता भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । भण्डारीको आमाको निधन भएकोमा अध्यक्ष ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । विस्फोटमा परी भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीर जलेको थियो । भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको छ ।

उनले लेखेका छन्–‘एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर प्रतिनिधिसभा सदस्य माननीय चन्द्रकान्त भण्डारी घाइते हुनु भएको खबरले अत्यन्त दुःखी छु । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु । विस्फोटमा परी निधन हुनु भएकी उहाँकी आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot