Logo

घटेर आयो इन्धनको मूूल्य



काठमाडौं, फागुन ५ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूूूल्यसूची पठाएको छ ।

आईओसीले फेब्रुुअरी १६ मा पठाएको नयाँ मूूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूूल्य घटेर आएको हो । नयाँ मूूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपैयाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ८८ पैसा मूूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूूल्य प्रतिलिटरमा तीन÷तीन रुपैयाँ मूल्य बढाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ । सोहीअनुसार आईओसीले नयाँ मूल्य निगमलाई पठाएको हो ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूूल्य यथावत् राखिने निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा मूूल्य पठाउने गर्छ । तेल खरिद गरेबापत आईओसीलाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै बाँकी रहेकाले पनि तत्काल मूूल्य घटाउन नसकिएको निगम भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot