Logo

सुपरमाई हाइड्रोको आईपिओ बाँडफाँड : ४१ हजारले पाए शेयर, ४ हजार जनाको आवेदन रद्द



काठमाडौं, फागुन ५ । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो ।

जसमध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई गोलाप्रथाबाट कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot