Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं, फागुन ५ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको हो।

बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा थियो । नयाँ दर अनुसार आज यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो ।

युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ४० पैसा र बिक्रीमा १४२ रुपैयाँ ४ पैसा तोकिएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ २१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९१ रुपैयाँ ७५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा तोकेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot