Logo

सभामुख घिमिरे भन्छन्, ‘जसले सरकारमा बसेर संघीयता कार्यान्वयन गर्नुपर्ने हो उसैले संघीयताविरोधी अभिव्यक्ति दिइरहेको छ’



काठमाडौं, ५ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारमा बसेर जसले संघीयता कार्यान्वयन गर्नुपर्ने हो उसैले संघीयता विरोधी अभिव्यक्ति दिइरहेको बताएका छन्। आज झापामा सभामुखलाई सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख घिमिरेले जसले संघीयता कार्यान्वयन गर्नुपर्ने हो उसैले संघीयता विरोधी अभिव्यक्ति दिइरहेको बताएका हुन्।

हाम्रो संविधानले राजतन्त्ररहित व्यवस्थाको व्यवस्था गरेको छ तर संविधान विपरीतका गतिविधिहरु भइरहेको उनले बताए। उनले यस्ता गतिविधिहरु राष्ट्रका लागि घातकभएको भन्दै सरकारले ध्यान दिन जरुरी रहेको बताए।

उनले भने, ‘हामी शक्ति दुरुपयोग नहोस भनेर काम गरिरहेका छौं तर केही पार्टीहरुले संसद्‌भित्रै संघीयता खारेज होस भनेर आवाज उठाइरहेका छन्। त्यसमा पनि सरकारमा बसेको पार्टीबाटै यस्तो अभिव्यक्ति आइरहेको छ। जसले सरकारमा बसेर संघीयता कार्यान्वयन गर्नुपर्ने हो उसैले संघीयताविरोधी गतिविधि र अभिव्यक्ति दिइरहेको छ।’



प्रतिक्रिया दिनुहोस्