Logo

आशिफको अर्धशतक



काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँग खेलिरहेको नेपालका लागि ब्याट्सम्यान आशिप शेखले अर्धशतक प्रहार गरेका छन्।

उनले ६२ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै ५१ रन जोडेका हुन्।

टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले ताजा अवस्थामा २१.३ ओभरमा १ विकेट गुमाउँदै ११० रन जोडेको छ।

यसअघि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ४ बलमा १ रन जोड्दै आउट भएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot