Logo

माओवादीलाई मूलधारमा आउन बाध्य पारेको नेपाली सेनाले हो : रवीन्द्र मिश्र



काठमाडौं, ६ फागुन । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादीलाई शान्ति प्रक्रियामा आउनको लागि नेपाली सेनाले बाध्य पारेको खुलासा गरेका छन् । उनले सेना दिवसमा नेपाली सेनालाई सलाम भन्दै आज आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । उनले अहिले देशमा तुलनात्मकरूपमा राजनीतिबाट नगिजोलिएको संस्था नेपाली सेनामात्र भएको पनि उल्लेख गरेका छन् । न्यायलयदेखि विश्वविद्यालयसम्मका बाँकि संस्थाहरू सबै ध्वस्त पारिसकेको पनि उनको टिप्पणी छ ।

मिश्रले फेसबुकमा लेखेका छन्-

सेना दिवसमा नेपाली सेनालाई सलाम! धेरैले भन्छन्, माओवादीलाई मूलधारमा ल्याएको तात्कालिन ७ दलीय गठवन्धनले हो। होइन। माओवादीलाई मूलधारमा आउन वाध्य पारेको नेपाली सेनाले हो। सन्सारमा छापामार युद्ध निस्तेज गर्न जहाँ पनि गाह्रो हुन्छ तर नेपाली सेनाले सीमित स्रोत/साधन/तालिमका अलावा तिनलाई ‘नथकाएको’ भए यो देशमा आज संभवत: एक दलीय मओवादी शासन हुने थियो।
अहिले देशमा तुलनात्मकरूपमा राजनीतिबाट नगिजोलिएको संस्था नेपाली सेनामात्र हो। हामीले न्यायलयदेखि विश्वविद्यालयसम्मका बाँकि संस्थाहरू सबै ध्वस्त पारिसकेका छौँ। तर नेपाली सेनासँग मेरो एउटा गुनासो छ। त्यो के भने, सन्सारमा देशको दूरगामी शान्ति, स्थिरता र सुरक्षाका बारे गहन मूल्यांकन गर्ने र सरकारलाई सोही अनुरूप सुझाव दिने एउटा प्रमुख संस्था सेना हो।
नेपालको दूरगामी हितलाई असर गर्ने ‘संघियता, गणतन्त्र र धर्म निरपेक्षता’ को घोषणा हुँदा, नेपाली सेनाले ती परिवर्तन नेपालको दिर्घकालीन हितमा छैन भनेर सरकारसँग पैरवी गरेन। गर्नै पर्थ्यो।



प्रतिक्रिया दिनुहोस्