Logo

खुल्यो उत्तरी नाका



काठमाडौं, फागुुन ७ । चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुन थालेका छन् ।

चिनियाँ नाकाहरूमा रसुुवाको केरुङ, सिन्धुुपाल्चोकको कोदारी तातोपानी, मुुस्ताङको कोरला, सङ्खुुवासभाको किमाथाङ्का, ताप्लेजुुङको ओलाङ्चुुङ्गोला र हुुम्लाको यारी रहेका छन् ।

तीमध्ये रसुुवाको केरुङ, तातोपानी कोदारी र हुुम्लाको यारी व्यापारिक नाका हुन् । यद्यपि भूकम्पयता तातोपानी नाका करिब बन्दजस्तै छ । उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले उत्तरी नाका खुुला भई सामान नियमित रूपमा आउन थालेको जानकारी दिए । चीनतर्फका उत्तरी नाका खुुला भई सञ्चालनमा आएकोे उनले स्पष्ट पारे।

कोभिडको कारण देखाउँदै करिब तीन वर्ष केरुङ नाकाबाट सामान आयात भए पनि निर्यात हुन सकेको थिएन । गत १२ पुुसदेखि नाका खुला भएको थियो । कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द रहेको थियो । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका खुुला भई नियमति रूपमा सामान आउन थालेको जानकारी दिए ।

“अहिले नाका खुुला भई दैनिक १० देखि १२ ट्रक सामान आउने गरेको छ,” उनले भने । सामान्य अवस्थामा दैनिक १४ देखि १५ ट्रक सामान आयात हुने गरेकामा अहिले दैनिक १० देखि १२ ट्रक मात्र सामान आउने गरेको उनको भनाइ छ । नाकाबाट सामान आयात–निर्यात भए पनि मानिसको आवतजावत भने अझै खुुला नभएको उनले जानकारी दिए ।

केरुङ नाकाबाट आयातको तुुलनामा निर्यात कम रहेको भण्डारीले जानकारी दिए। पुस १२ देखि रसुुवा नाका खुुला भई स्वदेशी सामान निर्यात हुुन थालेको हो ।

बीचमा दुुई साता बन्द भएको सो नाकाबाट हालसम्म ११ करोड रुपैयाँ बराबरको ८० ट्रक सामान निर्यात भएको रसुुवा भन्सार कार्यलयले जनाएको छ । नेपालबाट बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot