काठमाडौं, फागुुन ७ । प्रदेश १ का नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
स्थायित्व, सुशासन र सम्बृद्धिको निम्ति प्रचण्ड नेतृत्वको सरकारलाई ५ वर्ष नै निरन्तरता दिनुपर्ने बताउँदै पूर्व आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका आङ्बोले वामपन्थी सहकार्यलाई दीर्घकालीन बनाउनुपर्नेमा जोड दिए ।
‘ठीक ६ पुस १० को सहमतिलाई नै कार्यान्वयन गरौँ । त्यसको लागि, देशको गरिमामय अभिभावक राष्ट्रपति कमरेड केपी ओलीलाई बनाऔँ । स्थायित्व, सुशासन र सम्बृद्धिको निम्ति कमरेड प्रचण्ड नेतृत्वको सरकारलाई ५ वर्ष नै निरन्तरता दिऊँ वामपन्थी सहकार्यलाई दीर्घकालीन बनाऔँ,’ उनले लेखेका छन् ।