Logo

पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्तीले माओवादीमा तरंग, ज्ञानेन्द्रसँग सहकार्य नगर्ने प्रतिक्रिया



काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्तीले माओवादीमा तरंग पैदा भएको छ । शाहले हिजो प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा एक विज्ञप्ती जारी गर्दै देश जोगाउनको लागि प्रजातन्त्रको लागि लडेका दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेका थिए । त्यसको भोलिपल्ट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ज्ञानेन्द्रसँग सहकार्य नगर्ने जवाफ दिएका हुन् ।

उनले ज्ञानेन्द्र शाहको विज्ञप्तिको औचित्य नै नभएको पनि टिप्पणी गरे । आज (आइतबार) प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ? देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको छ । लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ, तर उहाँहरूले संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot