Logo

राष्ट्रपतिको निर्वाचनबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक सुरु, सिंहदरबारबाट प्रचण्ड सिधै पेरिसडाँडामा



काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न माओवादीले आज पदाधिकारी बैठक डाकेको हो ।

हिजोमात्रै कांग्रेस नेताहरुसँगको भेटमा प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा कसलाई सघाउने भन्नेबारे पार्टीमा छलफल गर्ने र सोहीअनुसार निर्णय दिने वचन दिएका थिए ।

प्रचण्ड पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन पोखरा गएका थिए। पोखराबाट फर्किएलगत्तै उनले माधव नेपालसँग भेटवार्ता गरेका थिए । त्यसपछि उनी सिधै अहिले पार्टीको बैठकमा सहभागी हुन पेरिसडाँडामा पुगेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्