Logo

अख्तियारद्वारा एकै दिन ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं, फागुन ९। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न जिल्ला र निकायमा भ्रष्टाचार भएको पाइएपछि आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार बाजुरा, काँडागाउँ विकास समितिमा पर्यटन विकास प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निकासा भएको रकममा अनियमितता गरेको आरोपमा पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकी, तत्कालीन सब–इन्जिनियर ललनकुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सब–इन्जिनियर दीपेश महताराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यसैगरी, खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रावत र सचिव वीरबहादुर बुढाविरुद्ध पनि सोमबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

योजनाको निर्माण कार्यमा खप्तड क्षेत्र पर्यटन विकास समिति, डोटीसँग भएको सम्झौताको सर्त पालना नगरी वास्तविक रूपमा फिल्डमा नभएको कार्यलाई समेत नापी किताबमा चढाउन लगाई सो नापी किताब, ठेक्का बिललगायतका कागजात गैरकानुनी लाभ लिने बदनियतले खप्तड पर्यटन विकास समितिमा पेस गरी भुक्तानी लिई १ लाख ५६ हजार ५ सय ५३ हानि पु¥याएको अख्तियारको अनुसन्धानले देखाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot