Logo

विकास निर्माण अवरुद्ध गर्नेमाथि कठोर बन्दै भौतिकमन्त्री



काठमाडौं, फागुन ९ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशभरिका रुग्ण आयोजनाका निर्माण व्यवसायीलाई सोमबार मन्त्रालयमा बोलाएर आयोजना सम्पन्न हुन नसक्नुको कारण माग गरेका छन् ।

मन्त्री श्रेष्ठले ती आयोजना किन सम्पन्न हुन सकेनन्? भन्दै व्यवसायीलाई समयमा नै काम सक्न निर्देशन दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्देशनालय र सडक सुधार तथा विकास आयोजना निर्देशनालयअन्तर्गतका कतिपय खण्ड व्यवसायीको लापर्बाहीका कारण रुग्ण आयोजनामा परेको भन्दै अब लापार्बाही गर्नेमाथि कठोर कारबाही गर्ने चेतावनी दिए ।

सो छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले हुलाकी राजमार्ग निर्देशनालय, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय व्यापारिक मार्गअन्तर्गत आयोजनामध्ये काम सम्पन्न हुन ढिलाइ तथा कम गुणस्तरका काम भएका आयोजनाको निर्माण व्यवसायीलाई समयमै र गुणस्तरीय कार्य गर्न प्रतिबद्धता जनाउन लगाए ।

छलफलमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, निवर्तमान महानिर्देशक अर्जुनजंग थापा तथा हुलाकी सडक निर्देशनालय, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र उत्तर दक्षिण तथा व्यापारिक मार्ग निर्देशनालयका प्रमुखको समेत सहभागिता थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot