Logo

राष्ट्रपति निर्वाचनमा भाग लिन्छौ : उपप्रधानमन्त्री लिङ्देन



बिर्तामोड, फागुन ९ । उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले सहभागी हुने बताएका छन्

आइतबार बिर्तामोडस्थित संवाद समूहमा भएको कार्यक्रममा लिङ्देनले राप्रपाले राष्ट्रपतिमा सत्ता साझेदार दलको उम्मेदवारलाई मतदान गर्ने स्पष्ट पारे  ।

राजतन्त्रको वकालत गरिरहेको राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग लिन्छ या लिँदैन भन्ने प्रश्नको जवाफमा उनले यस्तो स्पष्ट पारेका हुन्। आफ्नो पार्टीले संविधानका केही विषयमा आधारभूत रूपमै फरक मत राख्दै आएको भए पनि मुलुकको अवस्थाअनुसार विद्रोहको बाटो नरोजेर संविधान संशोधन बाटोबाट अघि बढ्ने उनको भनाइ थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्