Logo

एनआइसी एशिया लघुवित्तको संचालक समितिको अध्यक्षमा सन्तोष राठी



काठमाडौं, ९ फागुन । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठीलाई चयन गरेको छ ।

संस्थाको सञ्चालक समिति बैठकले नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक राठीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।

त्यसैगरी, संस्थाले सञ्चालकमा थप दुईजनालाई नियुक्त गरेको छ । संस्थाको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सन्तोष कुमार राठी र दिनेश भारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक कपिल ढकाल र प्रकाश बरालकाको ठाउँमा उनीहरुलाई नयाँ सञ्चालक नियुक्त गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot