Logo

आज शेयर कारोबार नहुने



काठमाडौं, फागुन ९ । आज फागुन ९ गते शेयर कारोबार नहुने भएको छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा देशभर सर्वजनिक विदा दिएकोले आज शेयर बजार पनि बन्द रहने भएको हो ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot