Logo

मधुरा श्रेष्ठको पशुपतिमा अन्त्येष्टि, मन्त्री राई र मन्त्री गिरीले ओढाए राष्ट्रिय झण्डा (फोटोफिचर)



काठमाडौं, ९ फागुन । नागरिक अगुवा तथा पूर्वमन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि श्रेष्ठको पार्थीव शरीरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र परराष्ट्रमन्त्री विमला राई पौड्यालले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व राजदूत अर्जुन कार्कीलगायत पशुपति आर्यघाट पुगेर श्रेष्ठको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । तस्विरहरु : श्रीधर पौडेल 



प्रतिक्रिया दिनुहोस्