Logo

राष्ट्रपतिमा दाबी गर्न ठाकुर बालुवाटारमा



काठमाडौं, ९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नको लागि उनी भर्खरै बालुवाटार पुगेका हुन् । पार्टीको बैठकबाट अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको साझा उम्मेदवार बनाउने निर्णय भएको छ ।

सोहीअनुसार अध्यक्ष ठाकुर प्रधानमन्त्री दाहालसँग कुरा गर्न आज बालुवाटार पुगेको नेता केशब झाले जानकारी दिए । उनकाअनुसार बालुवाटारको बैठकमा अध्यक्ष ठाकुरसँगै शीर्ष नेताहरु राजेन्द्र महतो, अनिल झा, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल सहभागी छन् । लोसपाका नेताहरुले आजबाट भेटवार्ता थालेका हुन् ।

उनीहरुले आजै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने तयारी गरेका छन् । तर, झाले देउवा र ओलीलाई पनि भेट्न भनिएपनि आजै भेट हुनेबारे खुलाएनन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि ठाकुरसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा ओलीले ठाकुरलाई राष्ट्रपतिको लागि प्रस्ताव गरेको चर्चा थियो ।



प्रतिक्रिया दिनुहोस्