Logo

दूधको मूूल्य बढाउने तयारी



काठमाडौं, फागुन १० । किसानले उत्पादन गरेको दूधको मूूल्य बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुुग्ध विकास बोर्डले किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपैयाँ मूूल्य बढाउने प्रस्ताव गरेको हो ।

बोर्डका कार्यकारी निर्देशकको अध्यक्षतामा, उद्योगी व्यवसायी, किसान प्रनिनिधि, दुुग्ध विकास संस्थान, पशुुसेवा विभाग र उपभोक्ताका प्रतिनिधिसहितको कमिटीले वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउन सिफारिस गरेको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा राजेन्द्रप्रसाद यादवले कमिटीले गरेको अध्ययनले ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरू नोक्सानीमा गएको देखिएकाले मूूल्य बढाउन प्रस्ताव गरिएको जानकारी दिए । वैज्ञानिक किसिमले अध्ययन गरेर दूधको मूूल्य प्रतिलिटर १० रुपैयाँ मूूल्य बढाउन कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेस गरिएको उनले बताए। बोर्डले एक साताअघि मन्त्रालयमा मूूल्य बढाउन प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ ।

यसअघि २०७८ माघ २८ मा सरकारले दूधको मूूल्य बढाएको थियो । त्यति बेला प्रतिलिटर सात रुपैयाँ बढाएर किसानको मूूल्य प्रतिलिटर ६० रुपैयाँ पुु¥याइएको थियो । उपभोक्ता मूूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गरिएको थियो । गत पुसमा केही निजी डेरी उद्योगले आफूखुसी प्रतिलिटरमा १४ रुपैयाँ मूल्य बढाएका थिए । वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउने सहमति भएपछि बढेको मूूल्य फिर्ता भएको थियो ।

नेपाल राष्ट्रिय डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले इन्धनको मूल्य बढेकाले किसानको लागत मूल्य र उद्योगीको लागत उच्च हुँदा व्यवसाय सञ्चालन गर्न दूधको मूूल्य बढाउनुुपर्ने बताए। बजारमा अधिकांश वस्तुको मूूल्य बढेकाले त्यसको प्रभाव किसान र उद्योगलाई पर्न गएको उनको भनाइ छ । अहिले बजारमा दैनिक ३५ लाख लिटर दूधको माग रहेकोमा ३१ लाख लिटर आपूर्ति भइरहेको र पाँच लाख लिटर दूध अपुुग रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot