Logo

राष्ट्रपतिको निर्वाचनको मुखमा चिनियाँ राजदूतको सक्रियता बढ्दो



काठमाडौं, १० फागुन । नेपालका लागि चिनियाँ राजदूत छन सङको सक्रियता बढेको छ । नेपालमा राष्ट्रपतिको निर्वाचन हुन लागिरहेको बेलामा उनको सक्रियता बढेको छ । सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग निरन्तर सम्वादमा रहेको चिनियाँ राजदूतले आज प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

उनी बोवाओ फोरममा सहभागी हुनको लागि निम्तो दिन बालुवाटार पुगेको जनाईएको छ । उनी निस्किएलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए । यसअघि पनि प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीको बालकोटस्थित् निवासमा भेटेर निस्किएलगत्तै चिनियाँ राजदूत ओली भेट्न बालकोट पुगेका थिए ।

कतिपयले चिनियाँ राजदूतले वर्तमान सत्ता गठबन्धन जोगाउनको लागि भूमिका खेलेको भनेरपनि चर्चा गरिरहेका छन् । तर, उनीसँग भेट गरेका ओली र दाहालको सचिवालयले भने सो भेट नियमित भएको दाबी गर्दै आएका छन् । आज ओली र दाहालबीच बालुवाटारमा २ घण्टा भेटवार्ता भएको थियो । उनीहरु राष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवार तय गर्नेगरि छलफलमा बसेका हुन् ।



प्रतिक्रिया दिनुहोस्