Logo

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं, फागुन ११ ।  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गरिने एक नेताले बताए। आजको बैठकले भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्नेछ।

उम्मेदवारी दिने बताइरहेको कांग्रेसले उम्मेदवारको औपचारिक टुंगो भने लगाएको छैन। रामचन्द्र पौडेलको नाम चर्चामा आएपनि पछिल्लो समय कृष्णप्रसाद् सिटौलाको पनि नाम अगाडी आएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालसंग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने औपचारिक घोषणा आजको बैठकबाट गर्नेछ।



प्रतिक्रिया दिनुहोस्