काठमाडौं, फागुन ११ । कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत एक जवान कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
दार्चुलाको अपी नगरपालिका–६ घर भई कालिकोटको सुकाटिया प्रहरी चौकीमा दरवन्दी भएका प्रहरी जवान कविन्द्रराम विक आज विहान मृत फेला परेका हुन् ।
एसएलआर बन्दूकबाट गोली लागेको अवस्थामा मृत फेला परेका विक आफैले बोकेको राइफलबाट कन्चटमा गोली हानेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
विकको गणको ४ नम्बर प्रहरी पोष्टमा विहान एक बजेदेखि तीन बजेसम्मको ड्युटी थियो। ड्युटीमै खटिएको बेला उनले आफैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीको आनुमान छ। उनको दायाँ कन्चटमा गोली लागेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक मिलन पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।