Logo

माधव नेपालले भने– ‘पुरानो गठबन्धन ब्युँताउनु सबैभन्दा उत्तम विकल्प हो’



काठमाडौं, ११ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुरानो पाँच दलीय सत्ता गठबन्धन ब्युँताउनुको विकल्प नरहेको बताएका छन् ।

आज (बिहिबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्न सिंहदरबार आइपुगेका अध्यक्ष नेपालले सिंहदरबारबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल भइरहेको र सबै भन्दा राम्रो विकल्प चाहीँ पुरानौ गठबन्धन ब्युँताउने भएको बताएका हुन् । ‘राष्ट्रपति निर्वाचनलाई लिएर हामीसँग अनेक विकल्प छन्। तर तीमध्ये उत्तम भनेको पुरानो गठबन्धन ब्युँत्याउने हो,’– उनले भने ।

राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर दाहाल–नेपालबीच आज करिब डेढ घण्टा छलफल भएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot