Logo

मुख्यमन्त्री कार्कीको शपथसँगै २ मन्त्री नियुक्त हुँदै, एमालेबाट रानाको नाम टुंगियो, माओवादीबाट को ?



काठमाडौं,२७ वैशाख । कोशी प्रदेशका ननियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ आज साँझ ५ बजे हुने भएको छ ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता रहेका कार्की आज एमाले र माओवादीको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीले शपथ लिएसँगै आजै सानो आकारमा मन्त्रिपरिषद् गठन हुनेछ । आज एमालेबाट राम राना र माओवादीबाट दुर्गाप्रसाद चापागाईँ मन्त्री नियुक्त हुने सम्भावना छ ।

रानालाई अर्थ मन्त्रालय दिने कार्कीको तयारी छ । माओवादीलाई भौतिक प्रर्वाधार मन्त्रालय दिने सहमति भएको छ । चापागाईँ सँगै माओवादीबाट गणेश उप्रेतीले पनि मन्त्रीमका दोहोरिने इच्छा राखेका छन् । यद्यपि चापागाईँको सम्भावना बलियो रहेको माओवादी स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot