Logo

पुरानो गठबन्धन ब्युताउन दलहरुको बैठक बस्दै



काठमाडौं, ११ फागुन । गत प्रतिनिधिसभा निर्वाचन अघिको गठबन्धन ब्युताउन राजनीतिक दलहरुको बैठक बस्ने भएको छ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटार बस्ने भएको हो।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै उम्मेद्‍वारको टुंगो लगाउन नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीलगायतका नेताहरुको बैठक साँझ ६:३० बजे प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटार बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीबाट प्रधानमन्त्री प्रचण्डलगायतका नेताहरुको सहभागीता रहने जनाइएको छ।

बुधबारमात्रै प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपाललगायतका नेताहरुको बैठकपनि बसेको थियो। उक्त बैठकले राष्ट्रपतिको उम्मेद्‍वारबारे टुगों लगाउन सकेको थिएन।

file photo



प्रतिक्रिया दिनुहोस्