Logo

दलहरूको निर्णय पर्खिदै लोसपा



काठमाडौं, फागुन १२ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूको औपचारिक धारणा पर्खेर बसेको जनाएको छ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्ने निर्णय गरेको लोसपाले गरेको छ। ‘हामीले अध्यक्षज्यूलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने निर्णय गरेका छौ। यस विषयमा प्रमुख दलहरूसँग कुराकानी गरिरहेका छौं। सबै दललहरूले सहयोग गर्छांैै भनी सकारात्मक जवाफ दिनुभएको छ,’ लोसपाका नेता शरत्सिंह भण्डारीले भने, ‘अब हामीले प्रमुख दलहरूको औपचारिक धारणा पर्खेर बसेका छौं।’

भण्डारीको अनुसार लोसपाका नेताहरूले बिहीबार कसैसँग भेटघाट गरेका छैनन्। पार्टी अध्यक्ष ठाकुर बिहीबार जनकपुर पुगेका छन्। राष्ट्रपतिको उम्मेदवारमा सबैभन्दा योग्य र उपयुक्त व्यक्ति ठाकुर रहेको लोसपाका नेताहरूको भनाइ छ। आफ्नो पक्षमा माहोल बढाउन पछिल्लो समय ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरूसँग भेट गरिरहेका छन्। नागरिक दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्

Screenshot