Logo

युरोपा लिगबाट बाहिरियो बार्सिलोना



काठमाडौं, फागुन १२। च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको क्याटलान क्लब बार्सिलोना युरोपा लिगको अन्तिम ३२ बाट बाहिरिएको छ । बार्सिलोनालाई हराउँदै इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको राउन्ड अफ १६ मा प्रवेश गरेको छ ।

गए राति नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बार्सिलोनालाई २–१ गोलले हराउँदै समग्रमा ४–३ को जितसहित युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको हो । क्याम्पनाउमा भएको पहिलो लेगमा युनाइटेड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका थिए । ओल्ड ट्राफोर्डमा भने युनाइटेडले १ गोलको अग्रता उल्टाएर जित निकाल्यो ।

खेलको १८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४७ औँ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७३ औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot