Logo

कांग्रेसले बोलायो शीर्ष नेताको बैठक



काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसले शीर्ष नेताहरुको बैठक बोलाएको छ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा अहिले केहीबेरमा बस्दैछ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बस्ने बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने जनाइएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई आमन्त्रण गरेका छन्।

आगामी फागुन २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ । निर्वाचन आयोगले राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता फागुन १३ गतेलाई तोकेको छ ।



प्रतिक्रिया दिनुहोस्