Logo

पूर्वराजा ज्ञानेन्द्रलाई ठीक ठाउँमा बस्न मोदीको चेतावनी



काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा संघीय मामिलामन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठीक ठाउँमा बस्न चेतावनी दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई खल्बल्याउन खोजेको टिप्पणी गरे ।

आज (शुक्रबार) आयोजित फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो चेतावनी दिएका छन् । उनले गणतन्त्रका लागि हजारौं हजार सडकमा भएको भन्दै मुलुक फेरि पश्चगमनतिर नजाने ठोकुवा गरे । Photo By: Mukunda Kalikote/RN

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गतेको प्रजातन्त्र दिवसको अघिल्लो दिन शुभकामना सन्देश जारी गर्दै राजसंस्था र दलहरुबीच सहकार्यको आवश्यकत्ता औंल्याएका थिए । उनले अहिलेको व्यवस्थाप्रति जनता निराश रहेको संकेत गर्दै नयाँ ढंगले मुलुकलाई अघि बढाउन प्रस्ताव गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्