Logo

संसद्‍बाट ओली सिधै बालुवाटार जाने



काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच अहिले केहीबेरमा भेटवार्ता हुने भएको छ। प्रतिनिधिसभाको बैठकमा सहभागी भएका एमाले अध्यक्ष ओली त्यहाँबाट सिधै बालुवाटार जाने तय भएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन आज हुने भएको दुई नेताबीचको भेटवार्ता निर्णायक हुने भनिएको छ । राष्ट्रपतिमा प्रधानमन्त्री दाहालले एमालेको उम्मेदवारलाई सहयोग नगर्ने अडान लिएका छन् ।

प्रधानमन्त्री दाहालले कांग्रेससँग नयाँ सहमति गर्न लागेको चर्चाको बीच ओलीले उनीसँग अहिले भेटवार्ता गर्न लागेका हुन् । ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot