Logo

भोलि नै एमाले सरकारबाट बाहिरिने, पदाधिकारी बैठक बसेर निर्णय लिने



काठमाडौं, १२ फागुन । नेकपा (एमाले) भोलि नै सरकारबाट बाहिरिने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई भोलि नै सरकारबाट बाहिरिनेबारे जानकारी गराएका छन् ।

आज साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिन लागेको हो ।

एमालेबाट अहिले विष्णु पौडेलको नेतृत्वमा मन्त्रीहरु सहभागी छन् । एमाले बाहिरिएपछि कांग्रेस सरकारमा सहभागी हुने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot