Logo

निगमका पाईलटले उडानका क्रममा परिचारिकालाई ककपिटमा बोलाएपछि…



काठमाडौं, फागुन १३ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल वायुसेवा निगम न्यारोबडी जहाजका चालक दलका सदस्यलाई तत्काल उडानमा रोक लगाउन निर्देशन दिएको छ।

निगमका पाइलट र कोपाइलटले गत साउन १२ गते मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने क्रममा विमान परिचारिकालाई ककपिटमा बोलाएर गैर–व्यवसायिक कार्य तथा दुर्व्यवहार गरेको थियो ।

प्राधिकरणमा विमान परिचारिकाले उजुरी गरेपछि प्राधिकरणले आवश्यक कारबाही गर्न चालक दलका सम्पूर्ण सदस्यहरुलाई उडानमा रोक लगाएको हो। घटना आठ महिना पहिलेको भएपनि परिचारिकाले किन यति ढिलोगरी उजुरी गरिन भन्नेबारे प्राधिकरणले गोप्य राखेको छ ।

निगमको उडान संख्या आरए–४१६ का चालक दलका सदस्यले विमान परिचारिकामाथि गैर–व्यावसायिक तथा दुर्व्यवहार गरेको ठहर गर्दै प्राधिकरणले उडान सुरक्षालाई ध्यानमा राख्दै कारबाही सिफारिस गरेको जनाएको छ ।

घटनामा क्रु मेम्बरमा रहेका अन्य दुई जनासमेत संलग्न रहेको बुझिएको छ । आरोपीत सबैको नाम गोप्य राखिएको छ । प्राधिकरणको अनुसन्धानबाट दोशी ठहर भएकाहरुलाई सम्बद्व हवाई कम्पनीलेसमेत कारबाही अगाडी बढाउने छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot